जन मुक्तिमार्ग

November 24, 2008

घन ठोकेर बनाएको सपना सकियो

- बोधनारायण श्रेष्ठ
मेरो सपना अब सकियो । बुढाले दैनिक १२ घन्टा घन ठोकेर हामीले बनाएको सपना दैलामै दशा लागेर मेटियो । घरमा बसेर पढ्दा भनेजति समय पाउँदैन भनेर हामीले उसलाई काठमाण्डौ पठायौ । ऊ क्याम्पसमा भर्ना पनि भएको थियो । तिहारमा आएर भोलिपल्ट काठमाण्डौ जान तयारी गरेको थियो । तर मेरो दिलिप छोरा हामी सबैलाई छाडेर कहिल्यै नआउने गरी गयो ।
ऊ आँखामा राखे पनि बिझाउँदैनथ्यो । उमेरले अल्लारे भएपनि घरको सबै समस्यालाई बुझ्थ्यो र दाजुभाइलाई पनि सम्झाउँथ्यो । तर के गर्नु हामी उसंगै मर्न पनि सकेनौ । आँखामा आँशु टुटेको छैन, पेटमा भोक छैन, मनमा शान्ति छैन, घरमा हाँसो छैन, गाँउको रमाइलो पनि गुमेको छ । अर्धमृत भएर बाँचिरहेका छौं अहिले हामी । साँच्चै अहिले कामी परिवारको बत्ती निभेको छ । गाउँको ज्योती कमी भएको छ ।"
२०६५ साल कार्तिक १८ गते  धादिङवेशीबाट मैदी ठूलोचौर जाँदै गरेको बा २ ख ४९९६ नं.बसले पोखरीथोकका दिलिप बिकलाई ठक्कर दिएर मारेपछि म मंसिर ७ गते बिहान दिलिपको आमालाई पहिलो पटक भेटेर सान्त्वना दिन गएको थिएँ । तर मैले सान्त्वना दिनभन्दा पहिला उहाँले माथि उल्लेखित कुरा सुनाउनु भयो । मेरो आँखाबाट पनि आँसु चुहियो उहाँको पीडाको कथा सुनेर ।
उहाँले थप्नुभयो, -’बाबु भान्जा -मलाई भान्जा भन्नुहुन्छ) मलाई ती सुकिला कपडा लगाएर आउने र यति दिन्छु, भनेर कागज गरेर जाने र अहिले दिन सक्दिन भनेर मेरो मरेको छोराको मोल गर्ने मान्छेलाई भेटेर दर्ुइ चार बात गर्न मन लागेको थियो । अस्ती बुढाहरु जाँदा मलाई लैजान भनेको थिए तर लगेनन् । हुन त म कुरा जान्दिन । तै पनि तीतो फाल्न मन लागेको । गर्न त के सक्छु र । अनि मैले बोलेर फेरी कसलाई के हुन्छ र । तपाइँहरु धेरै जनाले भनेको त भा’छैन । अनि कागजै लेखेका हुन रे नि बाबु चार लाख दिने भनेर । ठूला मान्छेले सही पनि गरेका छन् भनेका थिए छोराहरुले । यस्ता ठूला मान्छेले पनि हामी जस्ता मान्छेलाई झुक्याउँछन् - नसक्ने कुरा किन बोलेका होलान् - उहाँले मलाई प्रश्न माथि प्रश्न गर्नुभयो’ -म बस सुनिरहें । केही जवाफ दिन सकिन । हामीले पनि यस्तै प्रश्न र छलफल गरिरहेको कुरामात्र भने उहाँलाई ।
उहाँले मैले जस्तै मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने साथीहरुले सोचिरहेको तर भन्न नसकेको कुरा पनि भन्नुभयो । -बाबु हामीले बुझेका छौ, तपाईंहरु जस्ता बिचमा बसेर काम गर्ने मानिसहरुलाई असजिलो परिरहेको छ, किनकि हामीले कागजमा लेखेको जति पैसा मागेका छौ, त्यत्रा त्यत्रा मानिसहरुले भनेको पुर्‍याउनु पर्छ, इमान राख्नपर्छ भनेका छौ । कागज गर्नेहरुले दिन नसक्ने भनेका छन रे ! तपाईंहरुले केही भन्न सक्नुभएको छैन । धोका दिएर पीडामाथि पीडा थपिदिएका छन् हाम्रा परिवारलाई । हामी यो विषयमा कसैको पनि आँखाबाट आँसु बगेको देख्न चाहन्नौं ।’
कुरा २०६५ साल कार्तिक १९ गते दिलिप बिकको बसले ठक्कर दिएर मृत्यु भएपछि धादिङ यातायात व्यावसायी संघ र पीडित पक्षसंग मृतकको परिवारलाई ४ लाख दिने गरी सम्झौता भएपछि सो सम्झौता अनुसार संघले काम नगरेको विषयमा हो । साँच्चै धादिङ यातायात व्यावसायी संघले यो सहमति कार्यान्वयन नगर्ने कोसिस गरेर संस्थाको विस्वासमा संकट थोपरेको छ भने संघका प्रतिनिधिको हैसियतमा प्रश्न उठेको छ । मध्यस्थकर्तालाई सबै भन्दा बढी अप्ठेरामा पारेकोछ । यस्ता घटनामा सामाजिक भूमिका निर्वाह गर्ने व्यक्तिहरुको मनोवल गिराउने काम भएको छ । यस्ता अविश्वासको वातावरणले गर्दा आगामी दिनमा यदि यस्तै दर्ुघटना भएमा व्यावसायीहरुको अझ बढी क्षति हुन सक्ने सम्भावना देखिन्छ । त्यसैले अझ पनि यो सम्झौतालाई कार्यान्वयन गरी संघ प्रतिको विश्वास कायम गराउन र जति दवाब दिन सकिन्छ उती धेरै क्षतिपर्ूर्ति लिन, आफू र आफ्नो सवारी साधन आफ्नो हाता लागेपछि सम्झौतालाई खोस्टा मान्ने चलन तोड्न, व्यावसायीहरुको समान हकहित र संरक्षणको अुनुभूति दिलाउन अस्थायी जिल्ला तहको र्सवपक्षीय सहमति तयार गरी प्रचार प्रसार गर्न सके सबैको लागि हितकारी हुने थियो ।

 

द्वन्द समाधानका लागि राजनीतिक दलहरु जिम्मेवार बन्न आवश्यक छ

- कल्पना धमला, सभासद, क्षेत्र नं. २, धादिङ नेकपा -माओवादी)
तपाईंहरुको पार्टर्ीीे नेतृत्वमा सरकार बनेको सय दिन भैसकेको छ, यसको मुल्यांकन कसरी गर्नुहुन्छ ?
हाम्रो पार्टर्ीीएको भर्खर सय दिन पार गरेको छ । यही बीचमा पनि यहाँको सापेक्षतामा धेरै काम भएको छ । पहिलो कुरो त, हाम्रो सरकारले ल्याएको नीति तथा कार्यक्रम जनमुखी छ । जनताको नाममा पहिलो पटक सम्बोधन भएको नीति तथा कार्यक्रमलाई महत्वाकांक्षी भनेर लागू हुन नदिने षड्यन्त्र हुँदैछ । कतिपय दिनहरु काँग्रेस लगायतका दलहरुद्वारा सदन अवरुद्ध भए जसले महत्वपर्ूण्ा कामहरुलाई समयमै पूरा गर्न सकिएन । यसको बावजूद पनि जनताप्रति केन्द्रित हुँदै नीति तथा कार्यक्रम र त्यसै अनुसारको बजेट यो सरकारले ल्याएको छ । नेपालको इतिहासमा नै यो गुणात्मक ढंगले भिन्न छ । यो कार्यान्वयनको तल्लो तहसम्म नपुगिसकेकोले जनताले आफ्नो पक्षमा परिवर्तनको महसुस गर्न सकेका छैनन् । तर अब समितिहरु बनाएर कार्यान्वयन गइसकेपछि सबैले आफ्नो जीवन व्यवहारमा नै गुणात्मक परिवर्तनको महसुस गर्न सक्नेछन् ।
साथमा, यहाँ हामी नयाँ र राम्रो काम गर्ने प्रयत्नका साथमा पुराना विकृतिहरु रोक्न पनि आफ्नो तागत खर्चिरहेका छौं ।
धादिङमा चारै जना तपाईंहरुको सभासद हुनुहुन्छ, जीवनव्यवहारमा त खासै परिवर्तनको अनुभूति गर्न पाएका छैनन् नि जनताले ?
हामीले हिजो पनि भनेका थियौं, मुलतः माओवादी पार्टर्ीीनताको भाग्य र भविष्य आजै, सरकारमा जाने बित्तिकै कायापलट भइहाल्छ भन्ने कुरा बुझ्नु हुँदैन भनेर हामीले जनतालाई स्पष्ट पार्दै आएका हौं । अहिलेको सरकार संयुक्त सरकार हो । माओवादी पार्टर्ीीे मात्र सरकार होइन, सहमतिको सरकार भएकोले हामीले जनसम्बोधन गर्न सक्ने सहमतिबाटै गर्नुपर्ने यथार्थ जनताले बुझिरहेकै छन् । मुख्य कुरा त, संविधान निर्माणमा जनताले दिएको जिम्मा पूरा गरेर नै छाड्ने छौं ।
हिजो विभिन्न मागहरु विभिन्न मागहरु लिएर आन्दोलन गर्ने तपाईंहरु स्वयं माग पूरा गर्ने ठाउँमा हुुनुहुन्छ, कस्तो अनुभूति हुन्छ ?
पहिलो कुरो त, अहिले हामी माग पूरा गर्ने ठाउँमा छौं भनेर भन्न मिल्दैन । किनकी हिजो पनि राष्ट्रियता, जनतन्त्र र जनजिविकाका सवालहरुलाई लिएर वर्गीय, जातिय, क्षेत्रीय, लिंगिय समस्या समाधानका हिसाबले मागहरु उठायौं, संर्घष्ा गर्‍यौं । त्यही संर्घष्ा र बलिदानीको महान जनयुद्धको ऐतिहासिक जगमा हामी आज सरकारको मोर्चामा छौं । यदि हाम्रो नियन्त्रणमा सत्ता हुन्थ्यो भने हामीले जुन मागका लागि संर्घष्ा गरेका थियौं, त्यो पूरा हुने स्थिति हुन्थ्यो । सत्तामा हामी एक्लै छैनौं । अझ भन्ने हो भने यथास्थितिवादी र सामन्तवादको पक्षपोषण गर्ने पार्टर्ीी शक्तिहरुलाई समेत मिलाएर लैजानुपर्ने अवस्थाभित्र रहेर जनताको मागको सम्बोधन हामीले गर्नुपर्ने पनि छ । यर्सथ, पनि उल्लेख्य परिवर्तनको अनुभूति गर्न र गराउन नसकिएको हो ।
द्वन्द व्यवस्थापनको घडीमा धादिङमा त झन द्वन्द चर्कियो नि - किन हो भएको हो यस्तो ?
 द्वन्द यतिबेला धादिङमा मात्र होइन, देश भरी नै देखा परिरहेको छ । जिल्लामा अहिले जुन द्वन्दको अवस्था देखा परिरहेको छ, यसलाई यथास्थितिवादी र प्रतिगामी शक्तिहरु कसरी माओवादीलाई सिध्याउने भनेर भौतिक रुपमा उत्रिएको देखिन्छ । एमाले धादिङमा आफ्नो लुटको र्स्वर्ग बचाउन, हिंसात्मक घटना मच्चाउन युथ फोर्सको समूहलाई परिचालन गर्दै कृष्ण भण्डारीको हत्या गर्‍यो र त्यसलाई ओझेलमा पार्न अन्य आरोप लगाइरहेको देखिन्छ जसले द्वन्द बढाउँदै लगिरहेको छ । गाउँ गाउँका माओवादी कार्यकर्ताका हात खुट्टा भाँचिएका छन् । गाउँ गाउँमा धम्काउने र थर्काउने काम युथ फोर्सले गरिरहेकोले युथ फोर्स आतंक बढेको वास्तविकता हो ।
यसको समाधान के होला - के गर्दै हुनुहुन्छ अहिले ?
मैले भन्दै आएको छु, द्वन्द चर्किएको प्रसंगमा राज्य नै गम्भीर भइरहेको छ । यसको समाधान भनेको हामी जिम्मेवार रुपमा जनतामा प्रस्तुत हुँदाहुँदै र संवेदनशील रहँदा रहँदै पनि हाम्रै कार्यकर्तालाई हतियार देखाएर आतंकित पार्ने, हाम्रै कार्यकर्तालाई मार्ने, गाउँगाउँमा आतंक मच्चाउने र फेरि माओवादी-वाइसिएलको कारण द्वन्द चर्कियो भन्ने आरोप छ । यो आफ्नो पराजयको पराकाष्ठाको कुण्ठा अभिव्यक्त भएको छ भन्ने लाग्छ । निश्चित रुपमा नेकपा एमाले र काँग्रेसले जिल्लामा आतंक मच्चाउने काम गरिरहेका छन्, यसलाई अब निष्पक्ष रुपमा छानबीन गरेर दोषीलाई कारवाही गर्ने हो भने जिल्लामा स्वतः शान्ति हुनजान्छ । यसमा राजनीतिक दलहरु जिम्मेवार हुन आवश्यक छ ।
ढिलोगरी सम्पन्न जिल्ला परिषद बारे के भन्नुहुन्छ ?
जिल्ला परिषद ढिलो गरी सम्पन्न हुनुका पछाडि नेकपा एमालेले जिम्मा लिनर्ुपर्छ । हामीले पटक पटक परिषद सम्पन्न गर्ने प्रयास गर्‍यौं । तर एमालेका कारण परिषद समयमै सम्पन्न गर्न सकिएन । जनताको विकास निर्माणको पक्षमा परिषद एमालेको कारण हुन सकेन भनेर जनताको माझमा हामी जान्छौं भनेपछि मात्र परिषद सम्पन्न भएको हो । जनतालाई यसैगरी बुझ्न आग्रह गर्छर्ुु ढिलो गरी भएपनि जिल्ला परिषद सम्पन्न भएको छ ।
कतिपय मानिसहरु असन्तुष्ट छन् नि - लक्षित वर्ग निर्धारण र प्राथमिकतामा चुकेको छ हैन राजनीतिक दलहरु ?
हाम्रो तर्फाट त्यस्तो भएको होइन । हाम्रो लक्षित वर्ग न्यून क्षमता भएको वर्ग हो र यसको उत्थान प्रति हामी प्रतिबद्ध छौं । यसबाट हामी दायाँबायाँ लाग्न सक्दैनौं । तर मैले भनिसकें, पर्ूण्ा रुपले सत्ता हाम्रो हातमा नभएको हुँदा हामी यथास्थितिवादी र प्रगिगामी शक्तिहरुसँग सम्झौतामा जानुपर्ने बाध्यताका कारण हामीले लक्षित वर्गसम्म पुग्नका लागि काम गर्न सकिराखेका छैनौं । हामीलाई ती शक्तिहरुले अवरोध पुर्‍याइरहेका छन् । जनताले यी कुरा पुरातन र यथास्थितीवादीहरुलाई खबरदारी गर्न आवश्यक देखिएको छ । त्यो काम अब जनताले छिट्टै पूरा गर्नेछन् । तब मात्र हामी लक्षित वर्गसम्म पर्ूण्ारुपले पुग्न सक्छौं ।
तपाईं यतिबेला माओवादीको राष्ट्रिय भेलामा हुनुहुन्छ, यसको सर्न्दर्भ, महत्व र वास्तविकताबारे बताइदिनुहोस् न ?
 हामी यतिबेला राष्ट्रिय भेलामा जुटिरहेका छौं । यसको सर्न्दर्भलाई हर्ेदाखेरी संविधानसभाको निर्वाचन सम्पन्न गरिसकेपछि हामी अगाडि बढ्नका निम्ति थप कार्यनीतिमा विकास गर्न अहिले राष्ट्रिय भेलाको आयोजना गरिएको हो । यसले अब आगामी दिनमा हामी कसरी अगाडि बढ्ने भन्ने रणनीति र कार्यनीति तय गर्न हामी जुटिरहेका छौं । हाम्रो रणनीति भनेको जनवादी गणतन्त्र नै हो । यो देशका र्सवहारा वर्गलाई मुक्त नबनाउँदासम्म निरन्तर क्रान्तिलाई अगाडि बढाइरहन्छौं । तत्कालीन हिसाबले  हाम्रो कार्यनीति भनेको अहिले प्रत्रि्रधात्मक संघीय गणतन्त्रलाई संस्थागत विकास गर्ने र जनतालाई अधिकार सम्पन्न बनाउने ढोका खोल्ने र त्यो दिशातर्फअगाडि बढ्ने प्रक्रियामा हामी अगाडि बढिरहको छौं कि अहिले हामी महान छलफलमा छौं ।
के यसले साँच्चै माओवादीलाई र सिंगो मुलुकलाई नै नयाँ ऊर्जा र गति देला त ?
हिजोका कम्युनिष्ट आन्दोलनहरुमा पार्टर्ीीान्तिपर्ूण्ा राजनीतिमा आएपछि आम नरसंहार पनि गरिएको छ र कतिपय सर्न्दर्भमा कम्युनिष्टहरु पनि पूरानो सत्ताको कलपर्ूजाको रुपमा रुपान्तरित भएका अनुभवहरु पनि हामीले इतिहासबाट लिएका छौं । यी दुवै अतिबाट बच्दै हामीले २१ औं शताब्दीको मौलिक कार्यदिशाको विकास गर्नुपर्ने छ । यही महान जिम्मेवारीको बीचबाट तपाईहरुले भन्नुभएझैं निश्चित हो, यो राष्ट्रिय भेलाले सिंगो मुलुकलाई नयाँ गतिमा लैजान्छ, लैजानर्ुपर्छ र त्यसदिशातर्फलैजान सक्छ भन्ने विश्वास छ ।
अन्तमा, के भन्नुहुन्छ ?

म धादिङबासी जनसमुदायहरुलाई हिजो संसदीय पार्टर्ीीले तपाईंहरुलाई ढाँट्ने छल्ने र समुदायको हितविपरित काम गर्ने गरे । हाम्रो पार्टर्ीीयस्तो गर्न चाँहदैन र म पनि तपाईं जनसमुदायको हितप्रति प्रतिबद्ध भई उभिइरहनेछु । र, तपाईहरुमाथि गरिने छलछामको विरुद्धमा जनसमुदायको हितमा रहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।

छाडौं प्रोपोगाण्डाको राजनीति

मुलुक शान्ति प्रक्रिया प्रवेश गरिसकेपनि नेपाली समाजको गर्भमा विकास भएको नयाँ शान्तिको मोडेलबाट विश्व नै आर्श्चर्यचकित भएको अवस्था अद्यावधि छ । यही सर्न्दर्भमा देशले अन्तर्रर्ााष्ट्रय रुपमा दिएको सन्देशको पृष्ठभूमिबाट हामी धादिङबासीले पनि त्यो महान अभियानमा साथ र सहयोग गर्नसक्नुपथ्र्यो । तर हामीले सिंगो राष्ट्रको त्यो अभियान र स्पिरिटलाई पकड्न सकेनौं । राजनीतिक संस्कारविहिन विभिन्न झडप, शोध-प्रतिशोधको श्रृंखलाहरु बढ्दै गए, जसले दर्जनौं मानवअधिकार उल्लंघनका घटनाहरु मात्र घटेनन्, अनाहकमा ३ जनाको ज्यान समेत गएको छ । जसले सिंगो देशलाई सकारात्मक सन्देश अवश्य पनि दिन सकिरहेको छैन ।
पछिल्लो धादिङ घटनाप्रकरणहरुले सिंगो देशको ध्यान धादिङतिर केन्द्रित भएको छ । लासमाथि राजनीति गर्ने  घटिया चरित्रका कारण पनि राजनीतिक तनाव अझै बढ्ने संकेत देखिन थालेका छन् । एकातिर सामाजिक रुपमा पतित गुण्डा, तस्कर आदिलाई पार्टर्ीी स्थान दिने, अपराध गर्नेलाई कारवाही गर्न नदिई आपराधिक मनोवृत्तिलाई संरक्षण गर्ने प्रवृत्ति बढिरहेको पाइन्छ भने अर्कोतिर विभिन्न कमजोरीका बावजुद सृजित द्वन्दलाई व्यवस्थापन गर्ने भन्दा पनि त्यसलाई चर्काउने प्रयत्न गरिन्छ । जसबाट हिंसात्मक घटनाहरुको श्रृंखलाहरु अनावश्यक रुपमा लम्बिन जान्छ । यसको प्रतिफलमा विभिन्न गुट र समूहहरुले आफूले जितेको आत्मरति उन्मक्त हुनसक्छन् तर सिंगो समाज र देशले भने हारिरहेको हुन्छ ।
यतिबेला राजनीतिक दलहरु आ-आफ्नो ठाउँमा जिम्मेवार भएर प्रस्तुत हुनसक्नर्ुपर्छ । यस्ता खराब घटनाक्रमहरुलाई निरुत्साहित गर्ने एउटै मात्र सजिलो तरिका भनेको अपराधमा संलग्न मानिसहरुलाई कारवाहीको प्रक्रियामा समावेश गर्नु हो । दण्डहिनताबीनताको समाज अराजकताको समाज हो । अराजक समाजमा आज अरु कुनै व्यक्ति अराजकताको शिकार भयो भनेर कोही पनि फुरुङ्ग हुन आवश्यक छैन किनभने सचेत मान्छे त बुढी मरी भन्दा पनि काल पल्कियो भनेर र्सतर्क हुन आवश्यक हुन्छ । यर्सथ, हरेक सचेत नागरिकहरुले पनि दलहरुलाई जिम्मेवार बनेर प्रस्तुत हुन दबाव दिन आवश्यक छ ।
वर्गीय समाजमा वर्गहरुको संर्घष्ा निरन्तर रहिरहन्छ । तर संर्घष्ा तिक्ततापर्ूण्ा र अमानवीय हुनथाल्यो भने त्यसले कुनै पनि वर्गको हित गर्दैन । अवश्य पनि हो, मुलुकमा खाइखेली गरेका हिजोका अभिजात वर्गहरु अहिले सत्ताबाट बढारिंदा रन्थनिएका छन् । यतिबेला उनीहरुले लिने प्रमुख सहारा भनेको अराजकता नै हो । शुरुमा अराजकताको घातक हतियार प्रयोग गर्दा तख्ता पलट भएका वर्गलाई क्षणिक आत्मरत्ति त मिल्न सक्छ तर अन्ततः उनीहरुको पतनलाई कसैले पनि रोक्न सक्दैन । तर्सथ, अराजकताको अन्त्य गर्दै शान्ति प्रक्रियालाई सफल बनाउन दण्डहिनताको अन्त्य गर्दै मूल्य र आदर्शको राजनीति सबैले गर्न आवश्यक छ । छाडौं प्रोपोगाण्डाको राजनीति ।

निदाएको बाघलाई ब्यँुझाउन खोजेकै हो त ?

रामबहादुर भण्डारी
देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भैसकेको छ । ऐतिहासिक संविधानसभाको निर्वाचन पश्चात जनताको संविधान लेखन प्रक्रिया अगाडि बढिरहेको छ । नयाँ नेपाल निर्माणको नयाँ युगमा नेपालको राजनीति प्रवेश गरिरहेको छ । वर्तमान अवस्थाको जुन परिवर्तन देशमा आएको छ, त्यो माओवादीको १० बर्षो जनयुद्धकै मुख्य जगमा आएको हो । अरु संसदीय पार्टर्ीी र दरबारियाहरु कुनै न कुनै ढंगले पुरानो सत्तामा बसेर माओवादी जनयुद्ध दबाउन सबै विधि प्रयोग गरेकै हो, टाउकाको मूल्य तोकेकै हो, परिवर्तन चाहने जोसुकैलाई आतंककारीको नाम दिई हत्या, दमनमा संलग्न भएकै हो । तर पर्ूवराजा ज्ञानेन्द्रको असल नोकरको भूमिका पालन गर्न नसकेको कारणले घोक्रेठ्याक लगाएर जेल हाल्ने र दलीय अस्तित्व समाप्त गरिसकेपछि नेपाली जनताले निरंकुश पंचायती व्यवस्थाको अन्त्य गरिदिएर प्राप्त दलीय अस्तित्वबाट ठूलो दलीय घमण्ड तोडियो र षड्यन्त्रकारी मुख्यतः नेका, एमाले सडकमा मिल्किएको बेवारिसे लास बन्न पुगेकै हो ।
नेपाली राजनीतिक इतिहासमा अन्त भएको दलीय अस्तित्व राजतन्त्रको अन्त गर्न लोकतान्त्रिक गणतन्त्र स्थापना र जनयुद्धको कारण सेना, प्रहरीको ब्यारेकदेखि बाहेक नेका, एमाले र राप्रपाको अस्तित्व समाप्त भएको गाउँ गाउँमा पनि राजतन्त्रविरोधी गतिविधि सञ्चालन गर्न माओवादीले अनुमति दियो र राजतन्त्र विरोधी मोर्चा बनाई जुन अमेरिका, भारत लगायत राज्यशक्तिले दबाउन नसकेको माओवादी जनयुद्धको तागतलाई ०६२ मंसीर ७ गते दलीय १२ बुँदे सम्झौता गरी १९ दिने जनआन्दोलन सफल भयो । यसरी २४० बर्षो राजतन्त्रको अन्त र गणतन्त्र स्थापना भयो । यही नै हो विगतको भूराजनीतिक यथार्थ ।
 वर्तमान माओवादीलाई नेका, एमालेको चिन्तन, व्यवहार, शैलीमा रुपान्तरण नआउँदा र्सपलाई अमृत पान गराएजस्तै भएको छ । दुश्मन भनेको दुश्मन नै हो । उसले संग्लो पानी धमिल्याउने दुस्साहस गर्छ नै । तर माओवादीले अरुको वर्ग चरित्र अनुसार व्यवहार गर्नुपर्छ र गरिरहेको पनि छ । माटाका भाँडालाई काठा मुंग्रो गर्नैपर्छ । बैरेनीको एमालेका आफूलाई युथफोर्स बताउने जत्थाले बालुवा भ्रष्टाचार गर्न नपाएको झोकमा सुन्दर परियारलाई निर्मम कुटपिट गर्नु, मनोज थापालाई हात खुट्टा भाँचेर मरणासन्न अवस्था बनाई जिन्दगीभर अपांग बनाइदिनु, कृष्णप्रसाद भण्डारीको हत्या गर्नु अनि माओवादीले आफू र आफ्ना कार्यकर्तालाई सुधार गर्नुपर्ने, वाइसिएल विघटन गर्नुपर्ने आदि रवैया उल्टो कुप्रचारले आफ्नो आँङको भैंसी नदेख्ने, अर्कोको आँङको जुम्रा पनि देख्ने भनेझैं एमालेले जनयुद्धका विरुद्ध गरेको गतिविधि यथावत राखेको स्मरण गराउँदछ ।
विगत ०५२ देखि ०६२ अवधिभर माओवादी जनयुद्धको विरुद्ध लाग्ने पुरानो सत्तामा रहेर कार्य गर्नेहरुसँग जनआन्दोलन-२ देखि संविधानसभा निर्वाचन, वर्तमान सरकार गठन, सरकारको नीति तथा कार्यक्रमसम्म आइपुग्दा एउटै कार्यनीति देखिन्छ । सारमा देशी विदेशी शक्तिकेन्द्र माओवादीको बढ्दो लोकप्रियता कम गराउन नीति कार्यक्रम र लक्ष्यसम्म पुग्न नदिन द्वन्दकालीन अवस्थाकै मुक्ति परिवर्तनको बाधकको रुपमा बजारमा प्रस्तुत भइराखेको पाइन्छ । स्वभाविक रुपले दर्ुइ भिन्न वर्गको मार्ग फरक छ, दर्शन, राजनीति, धर्म, संस्कृति, साहित्य, कला, सेना, पुलिस, जेल, अदालत, उपरिसंरचना अलग्गै छ । कार्यनीति रणनीति विपरित भएकोले यी वर्ग बीचमा संर्घष्ा नै समस्या समाधानको वैज्ञानिक विधि हो । शोषी खाने वर्गले आफ्नो तरिकाले क्रान्ति गर्दछ, गरि खाने श्रमजीवी वर्गले शोषकवर्गबाट मुक्ति पाउन आफ्नो तरिकाले प्रतिक्रान्तिबाट छुट्करा पाउन क्रान्ति गर्दछ ।
जुन वर्गका विरुद्ध माओवादीको नेतृत्वमा र्सवहारा वर्गले हतियार उठाए, त्यही वर्गको समन्वय गरेर सत्ताको साझेदारीबाट श्रमजीवीको मुक्ति सम्भव हुँदैन । कुनै पनि दुनियाँमा राजनीति परिवर्तन शत्रुसँग सम्झौता गरेर सरकारमा सामेल भएको इतिहास छैन र हुँदैन पनि । यदि भएमा त्यो जनताको प्रतिगामी सरकार हुन्छ । माओवादी सरकार बनेपछि जनयुद्धका दोषीलाई छानबीन गरेर सरकारको साझेदारी होइन, अपराधी घोषणा गरी कार्वाही गरिनर्ुपर्छ । यदि अनुकूल वातावरण बनेको छैन भने अझै प्रतिकूल अवधिभर माओवादीले नयाँ शिराबाट जनयुद्धको अधुरो कार्य पूरा गर्नुपर्दछ । नत्र भने जसको विरुद्ध जनताले त्याग, बलिदान, विरताका उच्च किर्तिमान कायम गरी जनयुद्धलार्य नयाँ उचाईमा पुर्‍याउने महान सहिद, बेपत्ता, घाइते योद्धा, आम जनसुमदायप्रति ठूलो अन्याय हुन जान्छ । यहाँ त जनहत्यामा संलग्न अपराधीहरुलाई जनताको नेतृत्व प्रदान गर्ने अवसर दिंदा एकातिर अशोभनीय भएको छ भने अर्कोतिर कुकुरलाई घयू पचिराखेको छैन ।
नेकपा माओवादी विश्व र्सवहारा वर्गको एक टुकडी नेपाली श्रमजीवी वर्गको मुक्तिको खातिर महान जनयुद्धको अग्रदस्ता जस्तै नेपाली जनतालाई सबै खाले शोषण, उत्पीडन, असमानता र भेदभावको अन्त्य गर्न चाहन्छ । नेपाली जनताको निरपेक्ष मुक्तिको लागि आफ्नो व्यक्तिगत स्वार्थ नराखी १० बर्षम्म जोखिम र कहालीलाग्दो क्षणहरु एवं महान र सम्भावना र गम्भीर चुनौतीको बीचबाट अनगिन्ती घुम्तीमोडहरु पार गर्दै आयो । संविधानसभाको चुनावमा १० बर्षो जनयुद्धको मर्म र भावनालाई नेपाली जनताले सान्दार ढंगले आत्मसाथ गरे र शान्तिपर्ूण्ा चुनावको माध्यमद्वारा संसदीय पार्टर्ीी लगायत राजावादी दरबारिया तत्वहरुलाई राम्रैसँग तिरस्कार गरी जनताको हातबाट हुनसक्ने उचित कारवाही गरिदिए । अब माओवादी बाहेक अरु कसैले यो देशमा शासन गर्न सक्दैन भनेर भ्रष्ट, नालायक, जनविश्वास गुमाई सकेका शक्तिहरुलाई असक्षम घोषणा गरीदिए नेपाली जनताले ।
देश र जनताको भन्दा घुस, भ्रष्टाचार, कमिशनखोर र विदेशीको दलाल बनेर पतित भैसकेका शक्तिहरु, तीनको काखपोल्टामा हर्ुर्किएका मिडियाहरु र उत्तरआधुनिकतावादी विदेशी शक्ति केन्द्रहरु माओवादीको नीति तथा कार्यक्रमबाट जनता प्रभावित भै देशमा आमूल परिवर्तनको सम्भावना देखिएकाले जनतामा विभिन्न भ्रम सृजना गरी पुरानै १८ बर्षो बहुदलीय राजतन्त्रात्मक व्यवस्थामा रुपान्तरण गरी आफूजस्तै जनविरोधी  भ्रष्ट बनाउन मरिमेटिरहेका छन् । पाए पुनः जनताको दुध चोरी खानेपाले आउँथ्योकी भनेर र्‍याल चुहाइरहेका छन् । देशले स्वाधिन र जनताले मुक्ति चाहेका छन् । जनताको भावना शान्ति र विकासको मर्मलाई बुझेर विगत ३ बर्षेखि शान्ति प्रक्रियामा अगाडि बढिरहेको छ । सशस्त्र जनयुद्धको सम्पर्ूण्ा कार्यक्रम स्थगित गरेर निदाएको बाघझैं बसेको छ । १२ बुँुदे सहमति पछि राजतन्त्रको अन्त लोकतान्त्रिक गणतन्त्रको स्थापना नयाँ गणतन्त्र, समाजवाद, साम्यवादसम्म पुग्ने लक्ष्यका साथ विगतमा युद्ध अपराध गर्नेहरुको सवुद प्रमाण जनयुद्धका अपराधीहरुलाई युद्ध दबाउन लागको थियो, उसका सबै अपराध माफ गरी माओवादीले राजनीतिक व्यवहार गरेको छ । विगतका कतिपय बिर्सनै नसकिने घाउहरु जबरजस्ती बिर्सर्ेेखाटा बसिसकेको छ । त्यसैले माओवादी जनहितको निमित्त निदाएको बाघ हो । यदि अरु अवस्थामा उसका शरीरका अंग र जुँगा तानेर जबरदस्त ब्युँझाउने दुस्साहस गरियो भने बाघ ब्यँुझेर झम्टन सक्छ जनविरोधी शक्तिहरुलाई । यदि झम्टिहाल्यो भने हारगुहार कसैले दिन सक्नेछैन । सबैलाई चेतना भया । 

विचार र कार्यदिशाबारे

पुष्प विक्रम मल्ल
विज्ञानको नियमअनुसार जहिले पनि रुप र सारबीचमा अन्तरविरोध हुन्छ । ठीक त्यसैगरी पार्टर्ीीे विचार र राजनीतिक कार्यदिशाबीच पनि धेरै वा थोरै फरक हुन्छ । तर्सथ, माओवादीको विचार र कार्यदिशाबीचको अन्तरविरोध समाधान गर्न राष्ट्रिय भेला भैरहेको छ । यहाँ अध्यक्ष प्रचण्ड र किरणको फरक प्रस्तावबारे छलफल पनि भइरहेको छ । 
यसरी यो भेलाले माओवादी पार्टर्ीीे विचार र कार्यदिशाबीचको अन्तरसम्बन्ध र अन्तरविरोधको हल गर्नेछ । किनकी पुरानोको निरन्तरतामा क्रमभंग गरी नयाँको थालनी गर्न एउटा महान बहस हुुनर्ुपर्दछ । त्यसैले माओवादीको विचार र कार्यदिशा विकास गर्न र सिंगो पार्टर्ीींक्तिको बुझाईमा सापेक्षित एकरुपता कायम गर्न यो महान बहसबाट मात्र सफल हुनेछ । केवल केही नेता र कार्यकर्ताहरुको बुझाइबाट मात्र आजको २१ औं शदीको र्सवहारावर्गको क्रान्ति पूरा गर्न गाह्रो हुन्छ । त्यसैले यो महान बहसबाट पार्टर्ीीmुट्दैन, झन पार्टर्ीीे विचार र राजनीतिक कार्यदिशाको विकास गर्न ऐतिहासिक कोसेढुंगा सावित हुनेछ । तर क्रान्तिको नियमअनुसार केही अवसरवादीहरु पलायन हुन पनि सक्दछन् ।
माओवादी पार्टर्ीी र्सवहारावर्गीय विचार र र्सवहारावर्गीय राज्यसत्ता प्राप्त गर्न महान् जनयुद्ध गरेको कुरामा सबै एकमत नै छ । यही मान्यताअनुसार ०५७ सालको दोस्रो राष्ट्रिय सम्मेलनबाट संविधानसभाको चुनावमार्फ राजतन्त्रको उपरीसंरचना राजसंस्थाको अन्त्य भएको ५-५ महिना पुगेको छ । तर राज्यसत्ताको संरचना भने पुरानै छ । त्यो राज्यसत्तामा माओवादी पार्टर्ीींयुक्त सरकारमा गएको चार महिना लाग्दैछ । यो स्थितिमा यो बहसले पार्टर्ीीे विचार र कार्यदिशाको रक्षा विकास प्रयोग गर्नमा ठूलो महत्व राख्नेछ । किनकी र्सवहारावर्गले सही विचारको विकास बिना सही राजनीतिक कार्यदिशाको विकास गर्न असम्भव हुन्छ । मुख्य सवाल विचारको हो । विचार एउटा विज्ञान हो । विचारलाई विज्ञान बनाउन त्यो विचारको प्रयोगमा सफल हुनर्ुपर्छ । माओवादी र्सवहारावर्गीय विचार र कार्यदिशालाई विकास गरी यो शक्तिसन्तुलनको स्थितिमा आइपुगेको छ ।
पार्टर्ीीवयम् विचार हो । हरेक पार्टर्ीीे आ-आफ्नै विचारहरु हुन्छन् । त्यही विचारको आधारमा आफ्नो पार्टर्ीीे राजनीतिक कार्यदिशा निर्धारित गरेका हुन्छन् । त्यसैले नेपालको सर्न्दर्भमा सामन्ती दलाल र नोकरशाही पुँजीवादी राज्यसत्ताको उपरीसंरचना ध्वस्त गरी संविधानसभामार्फ नयाँ जनमुखी संघीय जनगणतन्त्रात्मक राज्यसत्ताको संरचना बनाउनु पहिलो प्राथमिकता हो । यसका लागि सरकार सदन र सडकको बलबाट एक र्सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्र बनाएर राष्ट्रिय पुँजीको विकास गर्नुपर्दछ ।
तर्सथ, ०६५ बैशाखदेखि यो सात महिलनाको अवधिमा माओवादी पार्टर्ीीे विचार र राजनीतिक कार्यदिशा कार्यशैली कार्यनीतिबारे यो लामो अवधिसम्म विचार र कार्यदिशाबीचको अन्तरसम्बन्धमा सिंगो पार्टर्ीींक्तिमा अकर्मण्यता, अन्योलता पैदा भएपछि स्वतः महान बहसको माग गर्दछ । यही क्रममा ०४८ सालदेखिको पार्टर्ीीन्तरसंर्घष्ामा यो पहिलोपटक फरक दस्तावेज आएको छ । यो दर्ुइ दस्तावेजको बहस छलफलबाट सही विचार र सही कार्यदिशाको विकास गर्नेछ । जब विचारमा एकताबद्ध हुन्छ, तब त्यो विचार भौतिक शक्तिमा रुपान्तरण हुनेछ । त्यतिखेर दुनियाँको कुनै पनि साम्राज्यवादी, विस्तारवादी र सबैखाले प्रतिक्रियावादीलाई नेपाली जनताले पराजित गर्नेछ र संघीय जनगणतान्त्रिक राज्यसत्ताको नयाँ संविधान बनाउनेछ ।
विचार र कार्यदिशा एक अर्कोबीच अन्तरसम्बन्धित हुन्छ । सही विचार बिनाको राजनीतिक कार्यदिशा अपुरो हुन्छ र सही राजनीतिक कार्यदिशा, कार्यशैली, कार्यनीति योजनाको प्रयोग बिना सही र्सवहारावर्गीय विचार मार्क्सवाद-लेनिनवाद र माओवादको रक्षा विकास पनि अपुरो हुन्छ ।
त्यसैले यो भेलाले निरन्तरतामा एउटा ठूलो धक्का हान्नेछ । सिंगो पार्टर्ीीेतृत्व र कार्यकर्ताको आशंकालाई वर्तमान परिस्थितिमा र्सवहारा वर्गीय वैज्ञानिक विचार र राजनीतिक कार्यदिशा, कार्यशैली र कार्यनीतिमा रहेको कमजोरीलाई हटाउनका लागि महान बहस सफल हुनेछ । विचार सिद्धान्त र राजनीतिमा समाजवादी साम्यवादी भनिरहने तर व्यवहारमा प्रयोग नगर्ने त्यो क्रान्तिकारी लफ्फावाजी मात्र हुन्छ । अर्कोतिर विचार सिद्धानतमा क्रान्तिकारी कम्युनिष्ट पार्टर्ीीनिरहने तर राजनीतिक कार्यदिशा, कार्यशैली, कार्यनीति रुपबाट साम्राज्यवाद र भारतीय विस्तारवादसँग राष्ट्रिय आत्मर्समर्पण गरिरहन्छ भने क्रान्तिकारी कम्युनिष्ट पार्टर्ीीुन सक्दैन । तर्सथ, नेपालको सर्न्दर्भमा एमालेलगायत साना कम्युनिष्ट पार्टर्ीीवचार र सिद्धान्तमा आफूलाई खाँटी कम्युनिष्ट क्रान्तिकारी भन्दछन् तर राजनीतिक कार्यदिशा, कार्यशैली, कार्यनीतिको हिसाबबाट संसदीय खाडलमा चर्ुर्लुम्म डुबेको कुरा स्पष्ट छ ।
माओवादीले ०५७ सालको दोस्रो राष्ट्रिय सम्मेलनबाट पारित विचार र राजनीतिक कार्यदिशालाई निरन्तरता दिंदै आएको छ । नेपालको सर्न्दर्भमा ऐतिहासिक संविधानसभाको चुनाव र माओवादी नेतृत्वमा बनेको संयुक्त सरकारको कार्यशैली कार्यनीतिलाई हर्ेदा माओवादी पार्टर्ीीनि संसदीय बर्ुर्जुवा आहालमा जान्छ कि भन्ने आशंका उब्जनु यो क्रान्ति संर्घष्ाको नियम हो । किनकी पार्टर्ीीवयम् विपरितहरुको एकत्व हो । तर्सथ पार्टर्ीी बहस, अन्तरसंर्घष्ा हुनु स्वभाविक मानिन्छ । पार्टर्ीीे योजना प्रयोगमा जाँदा सफल र असफल दुवै हुनसक्छ । प्रयोग भनेको संर्घष्ा हो । संर्घष्ाबाट विचार कार्यदिशाको विकास हुन्छ । त्यो संर्घष्ाबाट पैदा भएको कार्यदिशाको विकासबाट मात्र नेपाली क्रान्ति पूरा गर्न सकिन्छ । तर कार्यनीति, काईदिशाको योजनामा नै अहिलेको महान बहस हो । र्
र्सवहारा वर्गीय विचार र राजनीतिक कार्यदिशाको विकास, रक्षा र प्रयोग गर्ने सर्न्दर्भमा एउटा परिस्थितिमा भनेको विचार अर्को परिस्थितिमा नमिल्न सक्छ । तर्सथ, मूल प्रश्न भनेको मार्क्सवाद-लेनिनवाद र माओवादको आधारभूत विचार सिद्धान्तलाई आफ्नो देशको सर्न्दर्भमा सिर्जनशीलतामा लागू गर्नु हो । मार्क्सवादको आधारभूत कुरा र्सवहारावर्गको अधिनायकत्व, वर्गसंर्घष्ा, समय सापेक्षित गर्नु र र्सवहारावर्गको अधिनायकत्व एवम् निरन्तर क्रान्तिको सिद्धान्तबाट समाजवाद हुँदै साम्यवादमा पुग्नु हो । यी मार्क्सवादको आधारभूत विषयहरु हुन् । तर मार्क्सवादी विचार सिद्धान्तलाई कार्यान्वयन गर्ने क्रममा मार्क्सले युरोपिएन मुलुकको तत्कालीन स्थितिलाई हेरेर त्यतिबेला एकैपटक धेरै देशमा समाजवादी क्रान्ति हुन्छ भन्नुभएको थियो । तर लेनिनले एउटा देशमा पनि समाजवादी क्रान्ति हुनसक्छ भन्नुभएको पाइनछ । माओले चीनमा नयाँ जनवादी क्रान्ति सफल गरी परिस्थितिलाई हेरेर रणनीति र तत्कालीन कार्यदिशा, कार्यशैली, कार्यनीतिको विकास गरेर मात्र र्सवहारा वर्गले क्रान्ति सम्पन्न गर्न सक्दछ । त्यसैले ०५७ सालको राजनीतिक कार्यदिशा पूरा गर्न सरकार सदन र सडकको तीनवटा मोर्चालाई पूरा गरी जनसंविधान निर्माण गर्ने काममा लाग्नर्ुपर्दछ । तर साम्राज्यवादी, विस्तारवादी, प्रतिगामी, राजतन्त्रवादी र यथास्थितिवादी नेका र एमालेभित्रका यथास्थितिवादी प्रवृत्तिका केही शक्तिहरुले जनसंविधान बनाउन नदिनका लागि ठूलो षड्यन्त्र गर्नेछ ।

साम्राज्यवादी र विस्तारवादीहरुले माओवादी पार्टर्ीीई फुटाएर आफ्नो वर्गस्वार्थ पूरा गर्न लागिरहेको छ । यो स्थितिमा गुटगत स्वार्थ, व्यक्तिगत स्वार्थ, पर्ूवाग्रही संकिर्ण्र्ाावादी, अवसरवादी, दक्षिणपन्थी संशोधनवादी विचारबाट होइन, महान जनयुद्धमा दसौं हजार सहिदहरुले बगाएको गाडा रगतको सम्मान गर्न यो राष्ट्रिय भेला सफल हुनेछ । दुस्मनहरुलाई ठूलो धक्का दिनेछ र र्सवहारावर्गीय विचार र राजनीतिक कार्यदिशा, कार्यनीतिको विकास गर्नेछ । तर्सथ, मंसीर ६ गतेबाट शुरु भएको माओवादीको राष्ट्रिय भेलालले आफ्नो मौलिकता र सिर्जनशीलतामा र्सवहारावर्गको नेतृत्वमा क्रान्ति सफल गर्न सही वैज्ञानिक विचार र सही राजनीतिक कार्यदिशाको विकास गर्नेछ र विश्व कम्युनिष्ट आन्दोलन र नेपाली कम्युनिष्ट आन्दोलनमा रगत बगाउने सम्पर्ूण्ा सहिदहरुको अधुरो सपना पूरा गर्न यो राष्ट्रिय भेला ऐतिहासिक हुनेछ । दुश्मनहरुले फैलाएको फुटवादी सपनालाई यसले पराजित गरी क्रान्तिकारी विचारको विकास गर्नेछ र नेपाली क्रान्ति सफल हुनेछ ।

दादुरा खोप अभियान दर्ुइ चरणमा

Filed under: समाचार

धादिङबेसी । दादुरा रोग लाग्नबाट बालबालिकालाई वचाउन  धादिङमा  राष्ट्रिय दादुरा खोप अभियान मंसिर २१ र पुस ३ गते संचालन गरिने भएको छ ।
खोप जिल्लाका ९ महिना देखि ५ वर्षमुनिका ५१ हजार ३ सय २९ वालवालिका लाई दिइने जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । खोप संचालनका लागि जिल्लाको पचासवटै गाविसको ४ सय ५० स्थानमा केन्द्रको स्थापना गरिनुका साथै आवश्यक जनशक्तिका लागि तालिमको व्यवस्था भईरहेको जिल्ला स्वास्थ्य कार्यालय धादिङका प्रमुख मोहम्मद दाउदले शुक्रबार जानकारी दिनुभयो ।

४ महिनामा १ लाख राजस्व

Filed under: समाचार

धादिङबेसी । जिल्ला प्रशासन कार्यालय धादिङले चालु आर्थिक वर्षो पहिलो चौमासिकमा राहदानी वितरण गरेर १ करोड २० लाख १८ हजार राजस्व संकलन गरेको छ ।

यस आर्थिक वर्षो साउनदेखि कात्तिक मसान्त सम्ममा कार्यालयबाट वितरित राहदानीबाट सो राजस्व संकलन भएको जिल्ला प्रशासन कार्यालय धादिङका शाखा अधिकृत श्रवण पोखरेलले बताउनु भयो ।

४ महिनाको अवधिमा साउन महिनामा ३० लाख ५६ हजार , भदौमा ३१ ल्ााख ५१ हजार ४ सय, असोजमा १८ लाख २० हजार र कात्तिकमा ३९ लाख ९० हजार ६ सय राजस्व संकलन भएको हो ।

खुल्ला सिकाइबाट पढाइ शुरु

Filed under: समाचार

यशोदा नेपाल । अभाव र विभिन्न समस्याहरुले लखेटेर अध्ययनबाट वञ्चितहरुको लागि महादेवबेसीमा खुल्ला विद्यालय सञ्चालनमा  ल्याइएको छ ।
 अनौपचारिक शिक्षाको माध्यमबाट समाजमा शिक्षित दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ महादेवबेसीमा रहेको जनजागृति माध्यमिक विद्यालयमा खुल्ला सिकाइको माध्यमबाट निशुल्क पर्ढाई सुरु गरिएको हो  ।
युनाईटेड मिसन टु नेपालको सहयोगमा  गैरसरकारी संस्था सिड्स धादिङले यसरी खुल्ला विद्यालय  सञ्चालनमा ल्याएको हो । गत भदौ देखि सञ्चालनमा ल्याइएको खुल्ला विद्यालयमा महादेवबेसी आसपासका ३० जना सहभागीले खुल्ला सिकाइका माध्यमबाट पर्ढाई सुरु गरेका छन् । कक्षा ५ उत्तर्ीण्ा गरि ८ कक्षा उत्तर्ीण्ा नगरेका महिला पुरुष यस कार्यक्रममा सहभागी हुन सक्ने खुल्ला विद्यालय कार्यक्रमका  सहजकर्ता रामचन्द्र रुपाखेतीले जानकारी दिनुभयो ।
परिक्षणका रुपमा  जिल्लामै पहिलो पटक शुरु गरिएको खुल्ला विद्यालय कार्यक्रमबाट २ वर्षा निमावि तह,  एक वर्षा मावि तह गरी जम्मा ३ वर्षा प्रवेशिका परीक्षामा सहभागी हुन सक्ने सिडस धादिङका अध्यक्ष गोकर्ण्र्ाापाखेतीले बताउनु भयो । अन्य जिल्लामा सरकारी स्तरबाट खुल्ला विद्यालय कार्यक्रम सञ्चालन गरिए पनि धादिङमा अहिलेसम्म त्यस्तो कार्यक्रम लागू गरिएको छैन ।
नागरिकताका लागि चेपाङबस्तीमा सडक नाटक
धुषा । मुलुक गणतन्त्र नेपाल बनिसके पनि आफ्नो नागरिकता लिन समेत नसकेका चेपाङ समुदायलाई नेपाली नागरिकता बनाउन अभ्रि्रेरित गराउने उद्देश्यले चेपाङ समुदायको बसोवास रहेको धादिङ लगायत जिल्लाका गाउँबस्तीमा चेतनामुलक सडक नाटक पर््रदर्शन गराइएको छ ।
चेपाङ गायक एवं कलाकार रविन्द्र चेपाङको नेतृत्वमा रहेको ९ सदस्यिय कलाकार टोलीले ४ जिल्लाका ८ गाउँमा नागरिकता बनाउन अभ्रि्रेरित गर्ने सडक नाटक देखाएको छ । नेपाल चेपाङ संघको आयोजनामा भएको सडक नाटक पर््रदर्शनबाट चेपाङ समुदायमा नागरिकताको महत्व बारेमा जानकारी गराउन सकिएको संघका केन्द्रिय सदस्य जितेन्द्र चेपाङ वताउनुहुन्छ ।
केन्द्रिय सदस्य जितेन्द्रका अनुसार कुल जनसंख्याको ४० प्रतिशत चेपाङ अझैपनि आर्थिक, अशिक्षा र सामाजिक चेतनाको अभावका कारण नागरिकताविहिन भएकाले जनचेतनामुलक सडक नाटक मार्फ सचेत गराइएको हो । यसले चेपाङहरुको चेतनास्तर उठाउन पनि सहयोग गर्ने उहाँले जानकारी दिनुभयो ।

आँखुको झोलुंगेपुल जिर्ण्र्

Filed under: समाचार

ाायामरुङ । ज्याम्रुङ गाविस-६ र सल्यानटार गाविस-१ जोड्ने आँखु खोलामाथि हालिएको झोलुङ्गे पुल संरक्षणको अभावले जिर्ण्र्ाान्दै गइरहेेको छ ।

वि.सं २०४३ सालमा निर्माण सम्पन्न भएको सो पुलमा राखिएका काठका फलेकहरु कुँहिएर र्झन थालेपछि स्थानीयबासीहरुलाई दैनिक आवतजावत गर्न समस्या उत्पन्न भएको हो ।

पूल जिर्ण्र्ाान्दै गएपछि ज्याम्रुङ गाविसबाट रानीपौवा उच्च माध्यमिक विद्यालय सल्यानटारमाा पठनपाठन गर्न जाने विद्यार्थीहरुलाई २ घण्टाको बाटो घुमेर जानुपर्ने बाध्यता सिर्जना भएको विद्यार्थीहरु बताउँछन् ।

पुलको अवस्था दयनीय बनेपछि वषर्ाको समयमा उत्तरी धादिङको मुलपानी, बसेरी, फुलखर्क, गुम्दी तथा गोरखा जिल्लाबाट समेत आउने यात्रीहरुलाई आवतजावतमा समस्या पर्ने देखिन्छ । गाविस र जिविसमा पटक-पटक पुल मर्मतको लागि अनुरोध गर्दा पनि पुलको संरक्षण गर्न कुनै चासो नदेखाइएको स्थानीय नारायण इटनीले जानकारी दिनुभयो ।

विश्वले अब पर्खन सक्दैन

-न्यूज एजेन्सीहरु
अमेरिकी साम्राज्यवादले विश्वव्यापी रुपमा गरेको सैनिक हस्तक्षेप र बुस प्रशासनको गलत अर्थनीतिका कारण विश्वमा आएको संकटका विरुद्ध श्रमजिवीहरुले सिकागोमा विशाल भेलाको आयोजना गर्ने भएका छन् ।
अमेरिकी साम्राज्यवादविरुद्ध श्रमजीवीहरुको संगठन ‘वर्ल्ड क्यान्ट वेट’ ले विभिन्न देशमा बुसको सैनिक हस्तक्षेपलाई समाप्त पार्न जतिसक्दो छिटो बुसलाई सत्ताच्यूत गर्नुपर्ने माग राख्दै अब श्रमजिवीहरुले पर्खन नसक्ने बताएको छ । 
संगठनले भेलामा बुसलाई हटाउने विषयमा सहमत राख्नेहरुलाई आमन्त्रण गर्दै कसरी विश्वभरिका श्रमजीवी जनतालाई अमेरिकी साम्राज्यवादका विरुद्ध आन्दोलित गर्न सकिन्छ भन्ने विषयमा आफ्ना राय दिन आग्रह समेत गरेको छ । विभिन्न देशका शासकहरुद्वारा जनतामाथि गरिने अपराधहरुलाई संर्घष्ाद्वारा हल गर्न आहृवान गर्दै संगठनले अब विश्वभरिका श्रमजीवीहरु नयाँ संसारको निर्माणमा लागि एकजुट हुनुपर्ने जोड दिएको छ ।
संसारभरीका मजदूरहरुलाई अमेरिकी साम्राज्यवादविरुद्ध एकजुट हुन आग्रह गर्दै संगठनले विभिन्न देशका सरकारद्वारा आफ्ना जनतालाई शंकाका आधारमा जेलमा हाल्ने, कानुन व्यवसायीको सहयोग लिन बन्देज लगाउने, बेपत्ता पार्ने र कालकोठरीमा हाल्नेजस्ता सरकारी अपराधका विरुद्धमा समेत आन्दोलित हुन आग्रह गरेको छ ।
राजनीतिक दमनका विरुद्ध कसरी प्रगतिशील आन्दोलनलाई अगाडि बढाउन सकिन्छ र जनताको सत्ता स्थापना गर्न सकिन्छ भन्ने बिषयमा यस संगठनले विश्वभरीका श्रमजीवी जनताको पक्षमा काम गरिरहेको छ ।
बुसले तेलमाथि कब्जा जमाउन इराक र अफगानिस्तानमा गरेको सैनिक हमलाले विश्वलाई आक्रान्त पारिरहेकै बेला अमेरिकी श्रमजिवीहरुको बुस प्रशासनविरुद्धको हुंकारले अमेरिकामा बुस कति अलोकप्रिय रहेछन् भन्ने कुराको पुष्टि भएको छ । 
इराकबाट अमेरिकी सेना हटाउन बाराक ओबामाले बनाएको योजनाले इराकमा आउँदा दिनहरुमा शान्ति कायम हुनेमा यतिबेला इराकीहरु आशावादी रहे पनि इराकी सरकारले अमेरिकी सेनाको म्याद बढाउन गरेको सम्झौताले इराकी जनताहरुमा अमेरिका समर्थित सरकारप्रति वितृष्णा जागेको बताइन्छ ।
उता अमेरिकी अर्थनीतिका कारण संकटमा परेको विश्वपूँजीबजारले धमाधम मजदूरहरुलाई बेरोजगार बनाउन थालेपछि श्रमजीवीहरु पुँजीवादविरुद्ध आन्दोलित हुँदैछन् ।
पँुजीबजारमा आएको संकट देखाएर मजदुरहरुलाई रोजगारीबाट बेदखल गरेपछि मजदुरहरुको दैनिक रोजीरोटीमात्र खोसिएको छैन, उनीहरु घरबाट गल्लीमा धकेलिएका छन् । अमेरिकी पँुजीवादले मजदुरहरुप्रति गरेको अन्यायलाई अब नसहने बताउँदै श्रमजीवीहरुले विश्वमा समाजवादी क्रान्ति आवश्यक रहेको भन्दै आन्दोलनलाई घनीभूत बनाउन एकजुट हुने भएका छन् ।

विश्वमा पुँजीवाद धरासायी बन्दै गएको वर्तमान अवस्थामा विश्वका श्रमजीवीहरुले अब पर्खन नसक्ने भन्दै गरेको हुँकारले अब श्रमजीवीहरुको विश्वव्यापी आन्दोलन नजिकिएको बताइन्छ ।






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Hadley Wickham